तक्मा

भाेजराज न्याैपाने

जुनदिन कालिगढले बनायो तक्मा
र, टाँसी हेर्‍यो आफ्नै मालिकको छातीमा
ठिक त्यसैदिन देखि रोएको हुनुपर्छ–तक्मा !
र, सोधेको हुनुपर्छ कालिगढलाई,
मलाई किन तक्मा बनायौ?
किन ‘कोपारा’ बनाएनौ?
किनकि, तक्मालाई थाहा थियो,
त्यही मालिक थियो कालिगढकी छोरीको बलात्कारी !

यो कविता वैशाख २, २०७९, शुक्रबार सेतोपाटी अनलाईनमा प्रकासित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *