श्रीमानको मृत्यू आदेश

भोजराज न्यौपाने

आफ्नै सन्तानको हत्यारा खुलेआम हिंड्दा
कसरी हेर्नु श्रीमान् ?

श्रीमानको राज्यमा न्याय नपाएर
अस्पतालको आकष्मिक सेवामा
हामीलाई न्यायको ओखती चाहियो
चाहिएन कुनै जालझेलको स्लाइन वाटर

श्रीमान् !
उहिले उहिले
न्याय नपाए गोर्खा जानू भन्थे
त्यही न्याय नपाएर गोर्खाबाट तपाइकहाँ धाएको
बर्षौं बर्ष वितिसक्दापनि
कहिले पागलखानामा कहिले सडकपेटीमा
दिनदिनै त्रासै त्रासको
एन्टिबायोटिक खाएर
चिन्तै चिन्ताको
पेनकिलर खाएर
कति दिन बाचौं श्रीमान् ?

श्रीमानको राज्यमा
न्यायको मृत्यू भैसकेको भए
भो श्रीमान् ! भो !!
हामीलाई केही चाहिएन
हामीजस्ता न्याय खोज्नेलाई
बचाउनुभन्दा मर्न दिनुमै कल्याण छ

बिन्ती श्रीमान्
श्रीमानको राज्यमा
न्याय नपाएरै मर्न पाउँ
श्रीमानको जो आदेश !

 

श्रीमानको मृत्यू आदेश (कविता) – Himalkhabar.com

http://archive.himalkhabar.com/36316

Leave a Reply

Your email address will not be published. Required fields are marked *